श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन  १७ गते बिहीबार, २९ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको पञ्चमी तिथि  भोलि ०६ः४१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र चित्रा १०ः३६ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि–तुला, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत आर्थिक लाभ हुने कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।  आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ ।