श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १६ गते बुधबार, २८ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको चतुर्थी तिथि भोलि ०४ः३४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र हस्ता ०७ः४५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः२९ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् । सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक खर्च बढाउनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । धनमाल सुरक्षामा ध्यान दिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ । दोहो¥याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दिन सामान्य रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । हतार गर्ने बानीले समस्या निम्त्याउन सक्छ ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।