आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन्। कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याइरहेका लिड नेपालकी संयोजक लुना लिम्बू (चञ्चला)ले बता

लिड नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको उको भनाइ छ।

झापाको दमकमा नमुना युनिसेक्स (महिला र पुरुष दुवैका लागि सैलुनको सुविधा भएको) सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । “सैलुनबाट १८ जना लैङ्गिक अल्पसङ्ख्यक साथीले तालिम लिइसक्नुभएको छ”, उले भ, “यो सैलुन समुदायका साथीले सञ्चालन गर्नुभएको हो। तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ।” उनलेका अनुसार सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन्।

मोरङको विराटनगरमा मिलीजुली एण्ड सप्तरङ्गी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ। पूर्वका थुप्रै सहर बजारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पसललगायत स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन्।

झापामा पहिचान लुकाएकासमेत गरी २२ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेको लिड नेपालको दाबी छ। उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बूले बताएका छन्।

समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेकाले समुदायका अधिकांश व्यक्ति पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको भनाइ छ। उनीहरुलाई रोजगारीको अवसर नदिइने भएकाले आफैँ व्यवसाय स्थापनामा लाग्नुपरेको लिम्बूले बताएका छन्

लिड नेपालले स्थानीय पालिका र दातृ संस्थासँग मिलेर उनीहरुलाई व्यावसायिक सीप सिकाउने अभियान सञ्चालन गरिरहेको छ। दमकवडा नम्बर –५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ।

“सैलुनको शाखा जिल्लाका विभिन्न सहर तथा बजारमा विस्तार गर्ने योजना छ”, लिड नेपालकी संयोजक लिम्बूले बताए, “पहिला दक्ष जनशक्ति उत्पादन गर्छाैं र शाखा विस्तार गरी सबै पालिकामा रहेका हाम्रो समुदायलाई रोजगारीमा पहुँच पुर्‍याएकाछौँ ।”उनले सैलुनमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले नै रोजगारी पाइरहेको बताएका छन्।

स्थानीय पालिका र प्रदेश सरकारको सहयोगमा कोशीका विभिन्न जिल्लामा होटल, रेस्टुरेन्ट, कफीसप, बेकरीलगायतका व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको लिड नेपालले जनाएको छ। समाजमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यक शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहेको उनको भनाइ छ।