भोलि शुक्रबारदेखि सुरू हुने धरान एक्सपोको मुख्य आकर्षणका रुपमा जिपलाइन रहने बताइएको छ। 

उद्योग व्यवसायलाई प्रर्वधन गर्ने र धरानका  सानाठूला उद्योगव्यवसायको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु हुने एक्स्पोमा  आगन्तुकलाई एडभेन्चर र मनोरञ्जन प्रदान गर्न जिपलाइनसमेत राखिएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताएका छन्।  

एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा १ सय ५० स्टल  रहेनछन्। बङ्लादेशबाट रेडिमेट सामग्री र पाकिस्तानबाट छालाका सामग्री लगायत कोशी प्रदेश भरिका उत्पादन र व्यवसायीले आफ्नो उत्पादनको प्रवर्धनका लागि स्टल राख्ने छन्। 

IMG20240222152545

धरान एक्सपोमा धरान र आसपासका रैथाने उत्पादनको प्रचार र प्रवर्धन गरी  धरानमा उत्पादन हुने वस्तुहरुलाई धरानको कोसेलीका रुपमा बिक्री गरिने छ। 

एक्स्पोमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको  अध्यक्ष श्रेष्ठ बताउँछन्। एक्सपोबाट १५ देखि १६ करोड आम्दानी गर्ने अपेक्षा रहेको  छ। 

शिक्षा, स्वास्थ्य र पर्यटनलाई पहिलो प्रथामिकतामा राखी १० वटा नि:शुल्क सेवामूलक स्टल राखिनेछ। स्थानीय सस्कृतिलाई समेत एक्सपोले प्रवर्धन गर्ने बताइएको छ।

एक्सपो अवलोकन गर्न आउनेलाई नि:शुल्क पार्किङको व्यवस्था गरिएको छ। एक्पोको टिकट दर १ सय रुपैयाँ रहने र राष्ट्रिय कलाकार आउँँदा २ सय रुपैयाँ राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।