धरान । २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप यही फाागुन २६ गतेबाट सुरू हुने भएको छ ।

आयोजक धरान फुुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजकका अध्यक्ष प्रताप तामाङका अनुसार देशविदेश गरी ८ टिम सहभागी हुँदैछ । 

गोल्डकपले देशकै फुुटबललाई माथि उठाउन भुमिका खेेलेको निवर्तमान अध्यक्ष किसोर राईले बताए ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफी पाउने छन् । त्यस्तै व्यक्तिगत पुरस्कार पनि पाउने आयोजकले जनाएको छ ।