विजयपुर । धरान-२ स्थित शिक्षक निकेतन माविले ७१ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विद्यार्थीको सुविधाका लागि गाडीको व्यवस्था गरेको छ ।

शुक्रबार विद्यालयमा विभिन्न कार्यक्रम गरी वार्षिृकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राई अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक उमेश गुरगाईले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उनले विद्यालयले विद्यार्थीको सुविधाालाई मध्यनजर गरी एउटा बस सञ्चालन लागेको बताए । टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गरेर गाडी व्यवस्थापन गरिएको बताइएको छ ।

आवशयक परेमा गाडी थप गर्दै जाने पनि बताइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द भण्डारीले समयाअनुर पाठ्यक्रम परिवर्तन हुुनपर्ने कुरामा सङ्केत गर्दै भने, ‘हामीले १८ औ शताब्दीका कथा, कविता अध्यानपन गराइ रहनु परेको छ । अङ्ग्रेजी ग्रामर पढाउनुपर्छ  तर विद्यार्थीको रुची हुँदैन ।’

कार्यक्रममा विभिन्न विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति कार्यक्रमका प्रमुख अतिथि डा. विक्रम प्रसाद श्रेष्ठ, धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडालगायत प्रदान गरेका थिए ।