विजयपुर । धरान–१६ स्थित मण्टेश्वरी किन्डर गार्डेनले ‘विण्टर कार्निभल’ कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार मण्टेश्वरीमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले चित्रकला तथा खाद्य पदार्थको प्रदर्शनी गरेका थिए । मण्टेश्वरीका निर्देशक गौरवमान श्रेष्ठका अनुसार प्रदर्शनीमा ६ वटा स्टल विद्यार्थीले राखेका थिए भने अभिभावकको ३ वटा स्टल राखेका थिए । उनले भने, ‘विद्यार्थीलाई अध्ययन मात्र नभई व्यावहारिक ज्ञानका लागि अतिरिक्त क्रियाकलाप गरिएको हो ।’

कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व विद्यार्थी तथा अभिभावकको पनि उपस्थिति रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

manteswori3

manteswori2

manteswori1