पब्लिक हाईस्कुल धरानले आफ्नो ७७ औं वार्षिक कार्यक्रम तथा अभिभावक भेटघाट कार्यक्रम भव्य रुपमा मनाउने भएको छ । 

स्कुलले मंसिर २६ र २७ गते विद्यार्थीका कला प्रदर्शन सहित उत्सवका रुपमा कार्यक्रम गर्ने भएको हो । स्कुलका प्राचार्य डा.इन्द्रमोहन झाका अनुसार कार्यक्रममा विद्यार्थीहरुले नै पकाएका खानेकुराहरु प्रदर्शनीसँगै गायन तथा नृत्य प्रतियोगीता, व्युटिपार्लर प्रदर्शनी, विज्ञान प्रदर्शनी, खेलकुद तथा पुरस्कार वितरण लगायतका कार्यक्रम हुने छन् । 

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त व्यवहारिक शीप तथा अतिरिक्त ज्ञान दिलाउने उद्देश्यले पढाईलाई अभ्यासमुलक कार्यका रुपमा प्रस्तुत गर्न पनि दुई दिने कार्यक्रम आयोजना गरिएको प्राचार्य डा.झाले बताए । 

विद्यार्थीलाई व्यवहारिक तथा शीपमुलक कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले स्कुलले यसपटक फरक र भव्य कार्यक्रम आयोजना गर्न लागेको शिक्षक अभिभावक समितिका अध्यक्ष राजेन्द्रकुमार राई (किराती)ले जानकारी दिए ।