विराटनगर । भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित सुनसरी प्रहरीले दुई जना  पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट झण्डै तीन क्विन्टल गाँजासहित आइतबार राती दुई जना  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र  कोसी गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् । उनीहरुले को २ त ५८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । ‘ठूलो परिमाणमा भारत तस्करी हुन लागेको गाँजा बरामद भएको छ,’ एसपी रेग्मीले भने, ‘अहिले तौलिने काम भइरहेको छ ।’ ८ वटा बोरामा  गाँजा र साना पोकाहरुमा पनि बरामद भएको छ । गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरिले जनाएको ६ ।

भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । कोशी काटनमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भोरेर भारत तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।