नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । 

कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो । उनको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा रामकुमार खत्री रहेका छन् ।