हरेक वर्ष नेवार समाज हङकङले पुन्ही मनाउँदै आएको यःमरी पुन्ही आईतबार क्यास्टल पिक बिच, चुनमुनको खुला स्थानमा सामुहिक रूपमा मनाइएयो ।

यःमरी पुन्ही (धान्य पूर्णिमा) नेपालका नेवार समुदायमा विशेष चाडका रूपमा मनाउने गरिन्छ । हङकङका नेवार समुदायले पनि यो चाडलाई सामुहिक पर्वका रूपमा मनाउॅदै आएकाछन । प्रवासको ठाउॅमा आफ्नो सॅस्कृति र परम्परालाई आत्मसाथ गर्दै नयॅा पुस्ताहरूमा समेत हस्तान्तरण गर्ने उदेश्यले यस्ता पर्वलाई मनाउन थालीएको समाजका पदाधिकारीहरू बताउॅछन ।

नेवारहरूसॅगै हङकङ स्थित नेपाली महावाणिज्य दुतावासका महावाणिज्य दुत उदय बहादुर राना, गैर आवासीय नेपाली संघ एनआरएनए कि महिला सचिव टिका गुरूङ, हङकङ अध्यक्ष गोकर्ण ढकाल, आदीवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोप बहादुर तामाङ, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लब कुमार गुरूङ लगायतले  समेत यो चाड मनाएका थिए ।

नेपाल भाषामा ‘यः’ को अर्थ मीठो वा मन पर्ने र ‘मरि’को अर्थ ‘रोटी’ हो । अर्थात् यःमरीको अर्थ मीठो रोटी भन्ने हुन्छ । त्यस्तै; पुन्ही भनेको पूर्णिमा हो । यसरी अर्थ लगाउँदा यःमरी पुन्हीलाई मीठो रोटी खाने पूर्णिमाका रूपमा बुझ्न सकिन्छ ।

hk 1

धान्य पूर्णिमा अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिनलाई नै नेवारी समुदायमा यःमरी पुन्हीका रूपमा मनाउने गरिन्छ । यो दिनमा नयाँ अन्नलाई पूजा गर्ने गरिन्छ । त्यस दिन नयाँ चामलको पिठोमा चाकु हालिएको विशेष प्रकारको परिकार अर्थात् यःमरी राखेर धानको पूजा गर्ने र यःमरी खाने प्रचलन छ । अहिले यःमरी पुन्हीका अवसरमा विभिन्न ठाउँमा उत्सवहरू मनाउने गरिन्छ ।

नेवार समाज हङकङकी अध्यक्ष रचना प्रधानको संयोजनमा सम्पन यःमरी पुन्हीमा करिब डेढ सय जतिको सहभागीता रहेको थियो ।