बराहक्षेत्र नगरपालिका वडा नम्वर १ र २ मा सञ्चालित हरिद्वार कृषि सहकारी सस्था लिमिटेडको ९ औ बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ ।

बराहक्षेत्र-२ स्थित बयरवन सामुदायिक वनको सभाहलमा विहीबार  सस्थाका अध्यक्ष लोक बहादुर दाहालको अध्यक्षता र कोशी प्रदेशकी प्रदेशसभा सदस्य ममता तामाङको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

Haridwar sahakari (3)

कार्यक्रमकी प्रमुख अतिथी प्रदेशसभा सदस्य तामाङले हरिद्वार कृषि सहकारी संस्थाले कृषकहरुको हितका लागि उल्लेख्य काम गरेको भन्दै प्रशंसा गरिन् । उनले आफु बराहक्षेत्रको विकासका लागि सँधै लागि रहने बताउँदै यो क्षेत्रको विकासमा सहकारी संस्थाको भूमिका पनि महत्वपूणर् हुने उल्लेख गरिन् ।

संस्थाका अध्यक्ष दाहालले हरिद्वार कृषि सहकारीले वास्तविक किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सहकारी मार्फत मसला उद्योग सञ्चालन, बेसार खेतीलाई प्रवद्र्धन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई राज्यका निकायहरुले पनि प्राथमिकतामा राख्नु पर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुनसरी र मोरङ  प्रमुख मनोज कुमार यादब  र परियोजनाका कृषि अधिकृत देबेन्द्र साहु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सहकारीलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Haridwar sahakari (2)