बराहक्षेत्रस्थित औलिया बाबा बचत तथा ॠण सहकारी संस्थाले आर्थिक वर्ष ०७९/८० मा ३ हजार ७ सय रुपैयाँ शेयर वृद्धि गर्दै ७५ लाख ३ हजार ८ सय रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षभन्दा  तुलनात्मक रुपमा घटेको शेयर वृद्धि रकम विस्तार गर्दै लाने सहकारीले लक्ष्य लिएको छ ।
सहकारीको १४ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा सहकारीका अध्यक्ष रमेशकुमार विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ५२ लाख ८५ हजार २ सय ६५ रुपैयाँ ७४ पैसा निक्षेप सङ्कलन गरेको बताए ।

Ramesh Bista Auliya Sahakari

गत आर्थिक वर्षमा ०७८/७९ मा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ शेयर रकम पुर्याएको थियो।
चालू आव ०७९/०८० मा संस्थाले १ करोड ९६ लाख ७५ हजार रुपैयाँ ॠण लगानी गरेको छ भने १ करोड ७१ लाख २१ हजार ९ सय ४५ रुपैयाँ ९६ पैसा ऋण असुली गरेको छ । आव ०७८/७९ मा १ करोड ९१ लाख ९४ हजार ॠण लगानी गरेको थियो भने १ करोड ६४ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ १ पैसा असुली गरेको थियो ।

सहकारीले आव ०७९/८० मा ४ लाख ४४ हजार ५ सय १३ रुपैयाँ ४२ पैसा बचत गरेको छ भने बचत भएको मुनाफाबाट १ लाख ५ हजार ५ सय ७१ रुपैयाँ ९४ पैसाको जगेडा कोष स्थापना गरेको छ । सहकारीले गत आव ०७८/७९ मा ४ लाख ३६ हजार ९६ रुपैयाँ ५७ पैसा खुद मुनाफा गरेको थियो ।

१४ औं वार्षिक साधारण सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक शान्तिराम खतिवडाले आव २०७९/८० मा ३९ लाख ६२ हजार ३ सय ५८ रुपैयाँ ३९ पैसाको आय विवरण प्रस्तुत गरेका थिए । संस्थाले २ करोड ४६ लाख ४१ हजार ९ सय २३ रुपैयाँ ऋण लगानी गरेको छ । लेखा समिति संयोजक खतिवडाका अनुसार संस्थाले २ करोड ९१ लाख १२ हजार ४० रुपैयाँ ९९ पैसाको कारोबार गरेको छ ।

Auliya sahakari sastha chatara

सहकारीले व्यापार कर्जामा ७० प्रतिशत, कृषि कर्जामा २० प्रतिशत र हायरपर्चेजतर्फ १० प्रतिशत कर्जा लगानी गर्दै आएको छ ।
१६ प्रतिशत ॠणको व्याजदर कायम गरेको सहकारीले जग्गा धितोमा ४ लाखदेखि १० लाखसम्म लगानी गर्दै आएको छ भने जमानी ॠणमा १० हजारदेखि १ लाख ५० हजारसम्म लगानी गर्दै आएको छ ।

हायरपर्चेज कर्जामा भने सहकारीले १८ प्रतिशत व्याजदर कायम गरेको छ । सो कर्जामा ६० प्रतिशत रकम लगानी गर्ने निति लिएको सहकारीले ॠण रकम ३ लाखसम्म लगानी गर्ने उल्लेख गरेको छ ।
संस्थाले अनिवार्य बचतमा ८ प्रतिशत, ऐच्छिक बचतमा ७ प्रतिशत, ६ महिने बचतमा १० प्रतिशत, १ वर्षे आवधिक बचतमा ११ प्रतिशत, २ वर्षे आवधिक बचतमा १२ प्रतिशत र करार बचतमा १३ प्रतिशत व्याजदर कायम गरेको छ । गत आवको तुलनामा ऋण, लगानी धितो र जमानीमा कर्जामा संस्थाले स्थिर नीति लिएको देखिन्छ ।

Auliya Sahakari chatara Omkumar Sharma

शनिबार चतरास्थित बोलबम धर्मशालामा बराहक्षेत्र नगरकी उपप्रमुख नन्दकुमारी राईले साधारण सभाको औपचारिक उद्घाटन गरिन् । शुभकामना मन्तव्य राख्दै उपप्रमुख सुनुवारले सहकारीले 'मर्ज' नीतिअनुसार अघि बढ्नुपर्ने धारणा राखिन् । उनले वराहक्षेत्रका सहकारीको समन्वयमा उद्योगको विकास गर्न र रोजगारी प्रवर्धन गर्न सक्नुपर्ने बताइन् । वराहक्षेत्रका केही सहकारी खारेजीको अवस्थामा पुगेको र बैमानहरुलाई थानासम्म पुर्याउनु परेको उल्लेख गरिन् ।
साधारण सभाको खुल्ला सत्रमा स्थानीय बुद्धिजीवी ओमकुमार शर्मा, राजनीतिकर्मी तथा संस्थाकी सल्लाहकार सीता भण्डारी पौडेल, प्रह्लाद भट्टराईलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सभामा उपस्थितलाई उपाध्यक्ष सोमराज बस्नेत (दिपेश) ले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए ।
संस्थामा २ सय २९ महिला र २ सय ६१ पुरुष गरी ४ सय ९० जना सदस्य रहेका छन् ।

संस्थाको आजै हुने अधिवेशनले नौं सदस्यीय नयाँ सन्चालक समितिका पदाधिकारी निर्वाचित गर्नेछ । यस्तै तीन सदस्यीय लेखा समिति, तीन सदस्यीय ऋण समिति तीन सदस्यीय शिक्षा समिति र पाँच सदस्यीय सल्लाहकार समिति चयन गर्ने छ ।

Auliya sahakari

असल ऋणीलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति

औलिया बाबा बचत तथा ऋण सहकारी संस्थाले चौधौं वार्षिक साधारण सभाको अवसरमा असल ऋणीलाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

Purnashobha Bajracharya Auliya Sahakari

सहकारीले आर्थिक वर्ष २०७८/७९ मा कक्षा ११/१२ मा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरुमा पुरस्कृत सदस्य श्रीलाल धिमालका छोरा अनिस धिमाल र सदस्य रामेश्वर श्रेष्ठकी छोरी जिया श्रेष्ठ रहेका छन् । उनीहरुलाई जनही ५/५ हजार रुपैयाँसँगै प्रशंशापत्र प्रदान गरिएको छ ।

यस्तै असल कारोबार गर्ने ॠणी पुरुषतर्फ भीमबहादुर विश्वकर्मा र महिलातर्फ पूर्णशोभा बज्राचार्यलाई सम्मान गरिएको छ । यस्तै प्रमुख अतिथि, विशिष्ट अतिथि र उपस्थित अतिथिलाई सभाध्यक्ष रमेशकुमार विष्टले मायाको चिनो प्रदान गरेका थिए ।