धरान । ४५ केजी गाँजासहित मोरङ विराटनगर महानगरपालिका–१८ झटियाई मुसहरीटोलबाट एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१८ का १८ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको हो । उनले खेतमा राखेको परालमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले छापामारी गाँजा बरामद गरेको हो । पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  यस्तै जहदा गाउँपालिका–१ पश्चिमबरिया टोलबाट पनि सात केजी गाँजा बरामद गरिएको छ । परालको कुन्युँमा लुकाई राखेको अवस्थामा बेवारिसे अवस्थामा गाँजा बरामद गरिएको हो ।