शिक्षाको लागि सङगीत भने मुल नाराका साथ एसईई आइडलको अडिसन चैत तेस्रो हप्ताबाट सुचारू हुने भएको छ।
विगत ३ बर्ष देखी फक्ताङलुङ् मिडिया हाउस प्रा.लि आयोजना गर्दै आएको कोशि प्रदेश स्तरीय आइडलबाट विधार्थीहरुमा भएको अतिरिक्त प्रतिभालाई समेत पढाइ संगै अगाडि बढाउने एउटा अवसर रुपमा नृत्य र गायनलाई निरन्तरता दिदै आएको आयोजका प्रा. लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले बताएका छन्।
यस बर्ष एसईई दिएका सम्पूर्ण विधार्थीहरुले नि:शुल्क सभागिता जनाउन पाँउने प्रदेश १ का १४ वडा जिल्लामा अडिन गरिने उनले बताए। उनले विधालयमा गएर अडिसनको बारे जानकारी गराउने टाढाका विधार्थीहरुले वाट्स्अप मार्फत भिडियो पढाएर अडिसन दिन मिल्ने अध्यक्ष तुम्बापोले बताएका छन्।
एसईई आईडले विधार्थीमा भएको नृत्य र गायनलाई निखार्दै आईडमाबाट विजेता भएका विधार्थीहरुले पढाइ संगै संगितलाई समेत अगाडि बढाएका छन् । कतिपय विधार्थीहरुले राष्ट्रिय स्तरको द भ्वाइस अफ नेपालमा समेत सभागि भएको उनले बताए ।
एसईई आईडलका विजेताहरुले नि:शुल्क छात्रवृत्तिमा आफुले चाएको कलेजमा पढन पाउने भएकाले विधार्थीका लागि यो एउटा सुनौलो अवसर रहेको बताए ।

२०२३ एसईई आईडलका गायन तर्फका विजेता वेन्जामिन राईले आफ्नो अनुभव सुनाउदै पढाइ संगै आफू भित्र भएको प्रतिभालाई देखाउने एउटा अवसर भएकाले धेरै नयाँ कुराहरु सिक्न अवसर संगै छात्रवृत्तिमा प्लस टु अध्ययन गर्ने सकिने हुदा निकै सहज भएको आफुले चाहेको कलेजमा नै छात्रवृत्ति पढने पाँउने भएकाले एसईई आइडलबाट राम्रो अबसर मिल्ने बताए ।
त्यसैगरी नृत्य तर्फकी विजेता निशा थापा मगरले अडिसन बाट धेरै कुराको अनुभव बटुलेको मान्छेहरुको जमातमा बोल्न
सक्ने बृद्धीविकास संगै डान्सका तलहरु पार गर्दै जादा धेरै कुरा सिक्ने अवसर आईडल बाट सिकेको बताउदै पढाईको लागि पनि निकै राम्रो अवसर पाएकोलृे निकै खुशि भएको बताएकी छन।
आईड विजेताले ३ लाख बराबरको छात्रवृत्तिमा प्लटु अध्ययनको छात्रवृत्ति नगद ५० हजार, ट्रफी गिफ्ट ह्याम्पर र मुस्ताङ भ्रमण गर्ने पाउने त्यसैगरी फस्ट रनरअपले प्लस टु अध्ययन गर्ने ८० प्रतिशत छात्रवृत्ति ,नगद ३० हजार ,ट्रफि र विभिन्न गिफ्ट ह्यापर सेकेन्ड रनरले ७० प्रतिशत छात्रवृत्ति नगद २० हजार ,ट्रफी गिफ्ट ह्यापर पुरस्कार पाउने छन्। साथै टपटेन फाईनालिष्टहरुले प्लस टु अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति र सप ट्राइटल जितने छन्। कार्यक्रमका निर्देशक राम लिम्बूले बताएका छन्।
उक्त अडिसनको फार्म फक्ताङलुङ् अनलाइन टिभी को आधिकारिक पेजमा राखिने डिजिटल अडिसनका लागि वाड्सअफ नम्बरमा भिडियो रेकर्ड गरेर पढाएर नाम दर्ता गर्ने सकिने कार्यक्रमका निर्देशक लिम्बूले बताएका छन्।
उक्त प्रत्रकार संमेलनमा संगितका निर्णय विनाय राई , बजार व्यवस्थापन जगत बाहादुर नेम्वाङ उपस्थित रहेको थियो ।