हङकङमा रहेका नेपालीहरुले एक कार्यक्रमको आयोजना गरेर टोपी दिवस मनाएका छन् । 

२०७० सालदेखि अङ्ग्रेजी नयाँ वर्षका दिन नेपालीहरुले टोपी दिवसका रुपमा मनाउन थालेका छन् । यो दिवस अहिले नेपाल मात्र होईन संसरभर रहेका नेपालीहरुले मनाउन थालेका छन् । यहिक्रममा हङकङमा सोमबार स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा टोपी दिवस मनाइएको हो ।

हङकङको पर्यटकीयस्थल स्टारफेरीमा रहेको घन्टाघर क्षेत्रमा नेपाली टोपी लगाएर जम्मा भएका नेपाली समुदायले शुभकामना आदान प्रदान गरेर टोपी दिवस मनाए । कार्यक्रममा कोशी प्रदेशकी प्रदेशसभा सदस्य मिना श्रेष्ठ पनि सहभागी थिईन् । हङकङका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा नेपाली टोपी र नेपाली पहिचान बारे चर्चा भएको थियो ।