तमु (गुरुङ) समुदायको महान चाड मुप्रि ल्होछार हङकङमा भव्य रुपमा मनाईएको छ ।

आईतबार तमु ट्हो ह्युल हङकङको आयोजनामा विविध कार्यक्रम सहित ल्होछार मनाइएको हो । तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङको अध्यक्षता र हङकङ नेपाली महावाणिज्य दुतावासका वाणिज्यदुत सतीस गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हङकङ युनिभर्सिटी अध्ययनका लागि डिओसी पास गरेका विद्यार्थीलाई डा.हर्क गुरुङ कोषबाट सम्मान गरिएको थियो । 

received_893834072060132

कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एनआरएन केन्द्रिय महिला सचिव टिका गुरुङ, नेपाली आदिवासी जनजाती महासंघका अध्यक्ष टोपराज तामाङ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथिका रुपमा रहेका थिए । आयोजक संस्थाका उपाध्यक्ष इश्वर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामना दिएका थिए ।