नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अभियानलाई पाँचथरमा अवरोधको प्रयास गरिएको छ ।
अभियानअन्तर्गत थर्पु- च्याङ्थापु सडक खण्डमा शङ्कास्पद वस्तु फेला परेको छ ।

अभियानअन्तर्गत सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी टोलीले शङ्कास्पद वस्तु पहिचान गर्दा तारले बेरेको अवस्थामा कुकर फेला परेको थियो ।

सडक खण्डको मुसेपा खोला पुलमा ढुङ्गाले छोपेको अवस्थाम रहेको कुकरलाई सुरक्षा टोलीले 'क्लियर' गरेको छ । बाटो 'क्लियर' गरेपछि सङ्कल्प यात्राको टोली च्याङथापु हुँदै चिवा भञ्ज्याङतर्फ लागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टरमार्फत चिवा भञ्ज्याङ पुग्ने कार्यक्रम छ ।