इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२  औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । 

तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । 

सो आक्रमित क्षेत्रमा आतङ्कवादी सङ्गठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।