वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ पुनर्वासस्थित वसन्तऋतु कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा दुर्गादेवी बुढाथोकी दोस्रो पटक पुनः सर्वसम्मत चयन भएकी छन् ।

संस्थाको १० औँ साधारणसभाले उपाध्यक्ष भवानी गौतमसहित अधिकांश पुरानै सदस्य रहेको ११ सदस्यीय समिति चयन गरेको हो । यस्तै तीन सदस्यीय लेखा समिति चयन गरेको छ । समितिको सदस्यमा गङ्गा कार्की, बिन्दु श्रेष्ठ, तुलसी घिमिरे र गणेश श्रेष्ठ, धनकुमारी गहतराज, केशरा खतिवडा, मेघनाथ घिमिरे, विमला श्रेष्ठ, कल्पना दाहाल रहेका छन् । लेखा समितिको संयोजकमा शान्तिराम खतिवडा, सपना नेपाल र बद्रीबहादुर राउतलाई चयन गरेको अध्यक्ष दुर्गा बुढाथोकीले जानकारी दिइन् ।

अध्यक्ष दुर्गादेवी बुढाथोकीले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुत गदै संस्थाले एक करोड २५ लाख १३ हजार पाँच सय ९३ रुपैयाँ बचत सङ्कलन गरेको बताइन् । बुढाथोकीले चालु आर्थिक वर्षमा अनुमानित २५ लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको आम्दानी र खर्चको विवरण पेश गरिन् ।

न्यौपानेले १५ जना सदस्यलाई स्वरोजगार प्रोत्साहन गर्न सहुलियत दरमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ८ प्रतिशतको ऋण उपलब्ध गराउने बताए । कार्यक्रमका प्रमुख अतिथि २ नम्बर वडाध्यक्ष होमप्रसाद गौतमले वडालाई तरकारीमा आत्मनिर्भर बनाइनु पर्नेमा जोड दिए । गौतमले आउने पाँच महिनाभित्र किसानलाई सिँचाइमार्फत् पानी दिने बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।