धरान- १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारण सभाले चालू आर्थिक वर्षमा १ करोड ६३ लाख ३२ हजार १ सय ५३ रुपैयाँ ६३ पैसाको निक्षेप सङ्कलन गरेको विवरण सार्वजनिक गरेको छ ।

गत वर्ष २ करोड ५१ लाख २१ हजार ९ सय ९० रुपैयाँ ३३ पैसा रहेकामा चालू वर्ष घट्दो निक्षेप देखिएको छ ।

घरजग्गा धितो कर्जा, हायर पर्चेज कर्जा, व्यवसायिक कर्जा, बचत धितो कर्जालगायतमा लगानी गरेको सहकारीले गत वर्ष ३ करोड ९२ हजार ४ सय ९७ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा २ करोड ९ लाख ९९ हजार ९ सय १ रुपैयाँ कर्जा लगानी गरेको छ ।

Bijayapur Sahakari Dharan 15

गत वर्ष ८० लाख २३ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाको चालु आर्थिक वर्षमा ८२ लाख २४ हजार ६ सय रुपैयाँ शेयर पुँजी देखिएको छ ।  संस्थाको जगेडा कोषमा भने ५ लाख ८५ हजार ७ सय ९१ रुपैयाँ ८ पैसा रहेको छ ।

शनिबार साधारण सभामा आव २०७९ साउन १ देखि २०८० असार मसान्तसम्मको आयव्यव विवरण र वासलातसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नवीन मेन्याङ्बोले संस्था मुनाफामै रहे पनि आर्थिक तरलताका कारण ऋण लगानी उठ्न समस्या भएको बताए ।

'सहकारीले ५ सेकेन्ड पनि बचत फिर्ता रोकेको छैन', अध्यक्ष मेन्याङ्बोले साधारण सभासमक्ष भने,'तरलतालाई सही ढङ्गले व्यवस्थापन गर्न सकेका कारण हामीमा समस्या छैन ।' 

Bijayapur Sahakari Nabin Menyangbo Dharan

साधारण सभामा सहकारीका सन्चालक समिति सदस्य विनोद विश्वकर्माले 'गैर-बैङ्किङ सम्पत्ति व्यवस्थापन सम्बन्धि नीति तथा कार्यविधि / भाका नाघेको कर्जा असुली नीति २०८०' प्रस्तुत गरेका थिए ।

साधारण सभाको खुल्ला सत्रका प्रमुख अतिथि धरान १५ का वडाध्यक्ष तथा सहकारी अभियन्ता नरेशकुमार इवारमले सहकारी धरासायी भएका खबर निरन्तर आइरहे पनि विजयपुर सहकारीले आत्तिनुपर्ने अवस्था नआएको बताए ।  अहिले सहकारीहरुमा तलमाथि हुँदा अध्यक्ष जेलजानु पर्ने अवस्था रहेको उल्लेख गर्दै सन्चालक समिति र सेयर सदस्य सचेत हुनुपर्ने बताए । 'सेयर लाउने, ब्याज खाने उद्देश्य कसैको पनि हुनुहुदैन ।' इवारमले भने, 'हाम्रै धरानका अन्य सहकारीको अवस्था के भएको छ, विचार गर्नुपर्छ ।'

विजयपुर सहकारीमा हाल ६ सय ७२ सेयर सदस्य रहेका छन् । आजै सहकारीले नयाँ सन्चालक समिति चयन गर्ने छ । 

Bijayapur sahakari Dharan share Member