दार्चुलाको खलङ्गामा बसेको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा फिर्ता गर्न माग गरेको छ । १५ बुँदे घोषणापत्र जारी गर्दै चौतारीले घोषणपत्रको पहिलो बुँदामा नै भारतले मिचेको नेपाली भूमि कुटनीतिक वार्तामार्फत् फिर्ता ल्याउन माग गरेको छ । 

‘अझै पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सुगौली सन्धि र सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानूनविपरीत एकपक्षीय ढङ्गले अतिक्रमण र हस्तक्षेप जारी राखेको प्रति यो बैठक खेद प्रकट गर्दछ, सम्पूर्ण सीमा सम्बन्धी समस्यालाई द्विपक्षीय कुटनीतिक वार्तामार्फत ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तत्काल समाधान गर्न सम्बद्ध पक्षसँग यो बैठक माग गर्दछ’, घोषणा पत्रको पहिलो बुँदामा लेखिएको छ । 

चौतारी बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सूदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा जारी गरेको ऐतिहासिक र गौरवमय दिनको स्मरण गरेको छ । 

बैठकले प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ । 

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको बैठकले निर्णय गरेको छ । महासंघले अभ्यास गर्दै आएको मूल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावली र पूर्ववत निर्णयको आधारमा शुद्धीकरण मापदण्डअनुसार आस्थाको आधारमा विभेद नगरी बिना छलछाम सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न बैठकले माग गरेको छ । 

सात दशक यता महासंघले अभ्यास गर्दै आएको मूल्य–मान्यता, प्रणाली, विधान नियमावलीविपरीत वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्यमाथि नैं प्रश्न उठ्ने गरी सूची सार्वजनिक गरेको बैठकको ठहर छ । 

‘सुर्खेत साधरणसभाले निर्देशित गरेअनुसार व्यवसायिक तथा श्रमजीवी पत्रकारहरूका सबै संगठनको साझा सहमतिबाट महासंघको सदस्यता टुङ्गो लगाउन माग गर्दछ’, घोषणापत्रमा लेखिएको छ ।  

कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई गैरकानूनी ढङ्गले निश्कासन तथा सरूवा गरेकोमा पनि प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ । यो कदम जारी श्रमजीवी पत्रकार ऐन, श्रम अधिकार, विद्यमान कानून, प्रचलित विधि र पद्धति विपरीत रहेको ठहर प्रेस चौतारी नेपालले गरेको छ । 

कान्तिपुर मिडिया गु्रपको पछिल्लो कदम विरूद्ध श्रमजीवी पत्रकारले जारी राखेको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ । तत्काल गैरकानुनी ढङ्गले निष्कासन गरिएका श्रमजीवी पत्रकारलाई पुनःवहाली गर्न र कानूनविपरीत सरूवा गरिएका पत्रकारहरूलाई यथाअवस्थामा काम गर्न दिन बैठकले माग गरेको छ । 

सम्बन्ध स्थानीयः सन्देश राष्ट्रिय योजनासहित बिहीबारदेखि बैतडीको झुलाघाबाट नेकपा एमालेले सुरू गर्ने तीन हप्ते ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूको समृद्धिको लागि उपलब्धीमूलक हुने राष्ट्रिय अभियान भएको संगठनले निष्कर्ष निकालेको छ । 

सम्पूर्ण सञ्चारकर्मीलाई सो यात्रामा सहभागी भएर यात्राको सन्देश र प्रभावको बारेमा रिपोर्टिङका लागि बैठकले अपिल गरेको छ ।  

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर १७ कात्तिक २०८० मा गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले भूकम्पमा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा प्रभावित भएका सञ्चार संस्था र पत्रकारलाई यथासक्य राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रेस चौतारी नेपालले माग गरेको छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत, उपचार र पुनःस्थापनाको लागि तत्काल ठोस कदम चाल्न बैठकले सरकारसँग माग गरेको छ । 

वर्तमान सरकारले एकपछि अर्को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदम चालिरहेकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको घोषणापत्रमा उल्लेख छ । पछिल्लो पटक सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध यही शृङ्खलाको एउटा कडी भएको ठहर बैठकले गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका कदमलाई तत्काल फिर्ता लिन बैठकले माग गरेको छ । 

श्रमजीवी पत्रकारसम्बन्धी ऐन अझै पूर्ण रूपमा कार्यान्वयन नहुँदा विभिन्न सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार श्रमको न्यूनतम मूल्यबाट वञ्चित हुनु परेको विडम्बनापूर्ण अवस्थामा बैठकले श्रमजीवी पत्रकाको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययनका आधारमा न्यूनतम तलब वृद्धिको माग गरेको छ । 

पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदा सूदुरपश्चिम प्रदेशमा पछिल्लो समयमा श्रमजीवी पत्रकार, पत्रकार महिला आप्mनो पेशाबाट पलायन हुने क्रम तिव्र रहेको भन्दै बैठकले स्थानीय तह तथा प्रदेश सरकारका निकायबाट जारी हुने सूचनामुलक विज्ञापन श्रमजीवी पत्रकारद्वारा स्थानीयस्तरमा सञ्चालित स्वरोजगार मुलक सञ्चारमाध्यममा अनिवार्य प्रकाशन र प्रसारणको आवश्यक कानुन तथा नीति निर्माण गर्न प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ । 

अनलाइन सञ्चार माध्यमहरूलाई वैज्ञानिक प्रणालीबाट वर्गीकरण गरी लोक कल्याणकारी विज्ञापन अविलम्ब उपलब्ध गराउन र श्रमजीवी पत्रकारले सञ्चालन गर्दै आएका अनलाइन सञ्चार माध्यमलाई विशेष लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन  बैठकले माग गरेको छ । 

दार्चुलाको समृद्धिको निम्ति महत्वपूर्ण केन्द्रको रूपमा रहेको नेपाल–तिब्बत व्यापारिक केन्द्र तिंकर नाका सञ्चालनका लागि द्विपक्षीय कुटनीति वार्ता मार्फत पहलकदमी लिन बैठकले सरकारसँग माग गरेको छ । 

दार्चुला सदरमुकाम र दार्चुला व्यास गाउँपालिका–१ स्थित छागँरू र तिंकरबीच सडक नहुँदा आफ्नै देशको भू–भागमा ओहोदोहोर गर्न पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै बैठकले  दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरी यथाशक्य निर्माण गर्न माग गरेको छ । 

महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्दा महाकाली नदीले धार परिवर्तन गरी नेपाली बस्तीहरू जोखिममा परेका भन्दै बैठकले एकतर्फी रूपमा बनाइएका संरचना भत्काउन माग गरेको छ । 

बैठकले पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धान, अभिलेखीकरणका लागि संघ र प्रदेशस्तरमा ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ गठन गर्न समेत माग गरेको छ । पत्रकार कल्याणकारी कोषको रकम दुरुपयोग भएको नेपाल पत्रकार महासंघकै सदस्यहरुले सार्वजनिक रुपमा बताइरहेकाले महासंघको पत्रकार कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सञ्चालन गर्न बैठकले माग गरेको छ ।

यस्तो छ, प्रेस चौतारीको १५ बुँदे दार्चुला घोषणपत्रः


प्रेस चौतारी नेपाल

केन्द्रीय समिति तेश्रो बैठक

दार्चुला घोषणापत्र२०८०


श्रमजीवी पत्रकारहरूको सबैभन्दा अग्रणी संगठन प्रेस चौतारी नेपालको केन्द्रीय समितिको तेश्रो बैठक (मंसिर १२१३, २०८०) दार्चुलाको खलंगामा भव्यताको साथ सम्पन्न भएको संगठनका अध्यक्ष गणेश वस्नेतको अध्यक्षता नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संगठनका इन्चार्ज .राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न तेश्रो पूर्ण बैठक निम्न १५ बूँदे दार्चुला घोषणापत्र२०८० जारी गर्दछ :-


दार्चुला घोषणापत्र २०८०


) यो बैठक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सूदुरपश्चिम प्रदेश दार्चुला जिल्लामा अवस्थित कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा जारी गरेको ऐतिहाँसिक गौरवमय दिनको सम्झना गर्दछ तर, अझै पनि कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सुगौली सन्धी सीमा सम्बन्धी अन्तराष्ट्रिय कानून बिपरित एकपक्षीय ढङ्गले अतिक्रमण हस्तक्षेप जारी राखेकोप्रति यो बैठक खेद प्रकट गर्दछ सम्पूर्ण सीमा सम्बन्धी समस्यालाई द्धिपक्षीय कुटनीतिक वार्ता मार्फत ऐतिहाँसिक तथ्य प्रमाणका आधारमा तत्काल समाधान गर्न समद्ध पक्षसँग यो बैठक माग गर्दछ


) यो बैठक नेपालका श्रमजीवी पत्रकार श्रमजीवी पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपालको अगुवाई पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प गर्दछ


) यो बैठकको नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको महासंघले अभ्यास गर्दै आएको मूल्यमान्यता, स्थापित गरेको प्रणाली लागू गर्दै आएको विधान, नियमावली पूर्ववत निर्णयको आधारमा सुद्धिकरण मापदण्ड अनुसार आस्थाको आधारमा विभेद नगरी बिना छलछाम सदस्यता नविकरण नयाँ सदस्यता वितरण गर्न यो बैठक माग गर्दछ सात दशक यता महासंघले अभ्यास गर्दै आएको मूल्यमान्यता, स्थापित गरेको प्रणाली लागू गर्दै आएको विधान, नियमावलीको जगमा महासंघ सबैको साझा संगठनको रूपमा स्थापित तर, ती सबै अभ्यास, मूल्यमान्यता, प्रणाली, विधान नियमावली विपरित वर्तमान नेतृत्वले महासंघको आवश्यकता औचित्य माथि नैं प्रश्न उठ्ने गरी सूची सार्वजनिक गरिएको ठहर यो बैठकको सुर्खेत साधरणसभाले निर्देशित गरे अनुसार व्यवसायिक तथा श्रमजीवी पत्रकारहरूका सबै संगठनको साझा सहमतिबाट महासंघको सदस्यता टुङ्गो लगाउन माग गर्दछ


) कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई गैरकानूनी ढंगले निष्कासन तथा सरूवा गरेकोमा प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको कान्तिपुर मिडिया ग्रुपको यो कदम जारी श्रमजीवी पत्रकार ऐन, श्रम अधिकार, विद्यमान कानून, प्रचलित विधि पद्धति विपरीत रहेको ठहर प्रेस चौतारी नेपालको कान्तिपुर मिडिया गु्रपको पछिल्लो कदम विरूद्ध श्रमजीवी पत्रकारहरूले जारी राखेको आन्दोलनप्रति यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ साथै, तत्काल गैरकानूनी ढंगले निष्कासन गरिएका श्रमजीवी पत्रकारहरूलाई पुनःवहाली कानूनविपरीत सरूवा गरिएका पत्रकारहरूलाई यथाअवस्थामा काम गर्न दिन यो बैठक माग गर्दछ


) सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय योजना सहित यहि १४ मंसिर २०८० गतेवाट बैतडीको झुलाघाबाट नेकपा (एमाले) ले सुरू गर्ने तीन हप्ते झुलाघाटचिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूको समृद्धिको लागि उपलब्धीमूलक हुने यो यात्रा राष्ट्रिय अभियान हो तसर्थ, सम्पूर्ण आम सञ्चारकर्मीहरूलाई यो यात्रामा सहभागी भएर यात्राको सन्देश प्रभावको बारेमा रिपोर्टिङ्गको लागि यो बैठक हार्दिक अपिल गर्दछ


) यो बैठक कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक २०८० मा गएको दशमलब रेक्टरस्केलको भूकम्पबाट भूकम्पबाट ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भुकम्पमा घाइतेहरु भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ भुकम्पले जाजरकोट रुकुमपश्चिम जिल्लामा प्रभावित भएका सञ्चार संस्था पत्रकारलाई यथासक्य राहत उपलब्ध गराउन स्थानीय, प्रदेश संघीय सरकारसँग प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ साथै भुकम्प प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत वितरण, उपचार पुर्नस्थापनाको लागि तत्काल ठोस कदम चाल्न सरकारसँग माग गर्दछ


) नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरेको तर, वर्तमान सरकारले एकपछि अर्को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदमहरू चालिरहेकोप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको पछिल्लो पटक सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध यही श्रृंखलाको एउटा कडी भएको ठहर बैठकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका कदमहरूलाई तत्काल फिर्ता लिन यो बैठक माग गर्दछ


) श्रमजीवी पत्रकारसम्बन्धी ऐन अझै पूर्ण रूपमा कार्यान्वयन नहुँदा विभिन्न सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरू श्रमको न्यूनतम मूल्यबाट समेत वञ्चित हुनु परेको विडम्बनापूर्ण अवस्था कायम यो बैठक श्रमजीवी पत्रकारहरूको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययनका आधारमा न्युनतम तलब वृद्धिको माग गर्दछ


) पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदा सूदुरपश्चिम प्रदेशमा पछिल्लो समयमा श्रमजीवी पत्रकार, पत्रकार महिला आप्mनो पेशाबाट पलायन हुने क्रम तिव्र यो बैठक स्थानीय तह तथा प्रदेश सरकारका निकायहरूबाट जारी हुने सूचनामुलक विज्ञापन श्रमजीवी पत्रकारहरूद्धारा स्थानीय स्तरमा सञ्चालित स्वरोजगार मुलक सञ्चारमाध्यमहरूमा अनिवार्य प्रकाशन प्रसारणको आवश्यक कानून तथा नीति निर्माण गर्न प्रदेश स्थानीय सरकारसँग माग गर्दछ


१०) अनलाइन सञ्चार माध्यमहरूलाई वैज्ञानिक प्रणालीबाट वर्गीकरण गरी लोक कल्याणकारी विज्ञापन अबिलम्ब उपलब्ध गराउन श्रमजीवी पत्रकारहरूले सञ्चालन गर्दै आएका अनलाइन सञ्चार माध्यमहरूलाई विशेष लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन यो बैठक माग गर्दछ


११) दार्चुलाको समृद्धिको निम्ती महत्वपूर्ण केन्द्रको रूपमा रहेको नेपाल तिब्बत व्यापारिक केन्द्र तिंकर नाका सञ्चालनका लागि द्धिपक्षीय कुटनीति वार्ता मार्फत पहलकदमी लिन सरकारसँग यो बैठक माग गर्दछ यसैगरी, दार्चुला सदरमुकाम दार्चुला व्यास गाउँपालिका स्थित छागँरू तिंकरविच सडक नहुँदा आफ्नै देशको भूभागमा ओहोदोहोर गर्न पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता यो बैठक दार्चुलातिंकर सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरी यथाशक्य सडक निर्माण गर्न माग गर्दछ


१२) महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण गर्दा महाकाली नदीले धार परिवर्तन गरी नेपाली वस्तीहरू जोखिममा परेका छन् एकतर्फी रूपमा बनाइएका संरचना भत्काउन यो बैठक माग गर्दछ


१३) यो बैठक पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अध्ययनअनुसन्धान, अभिलेखीकरणका लागि संघ प्रदेशस्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको माग गर्दछ


१४) श्रमजीवी पत्रकारहरुको लामो समयदेखिको संघर्ष योगदानको जगमा स्थापित पत्रकार कल्याणकारी कोषको रकम दुरुपयोग भएको नेपाल पत्रकार महासंघकै सदस्यहरुले सार्वजनिक रुपमा बताइरहेका छन् यो बैठक महासंघको पत्रकार कल्यणकारी कोषको रकम पारदर्शी रुपमा सञ्चालन गर्न माग गर्दछ


१५) प्रेस चौतारी नेपालको तेश्रो केन्द्रीय समितिको पूर्ण बैठक ऐतिहासिक रूपमा सम्पन्न गर्नका लागि व्यबस्थापन गर्ने दार्चुला जिल्ला समिती, दार्चुलाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रेस चौतारी दार्चुलाका सम्पूर्ण सदस्यहरू, सूदुरपश्चिम प्रदेश समिती, पार्टी पोलिटव्यूरो सदस्य .गणेश ठगुन्ना, केन्द्रीय कमिटी सदस्य . कमला बोहरा, जिल्ला अध्यक्ष .प्रेमसिंह धामी लगायत पार्टी कमिटीका सम्पूर्ण नेताहरू दार्चुलाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखज्यूहरु स्थानीय प्रशासनका प्रमुख ज्यूहरुप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ


मिति : १३ मंसिर २०८०

महाकाली नगरपालिका, दार्चुला

सूदुरपश्चिम प्रदेश