धनकुटा । ‘दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मूल नाराको साथ १९ औं राष्ट्रिय कफी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले कफी खेतीको प्रवद्र्धन र संरक्षणमा जोड दिएका छन् । कफीको व्यावसायिक खेतीको लागि तीनै तहका सरकारले लगानी गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

शुभकामना तथा अन्तरक्रिया कार्यक्रम कोशी प्रदेशका पूर्व अर्थ तथा योजना राज्य मन्त्री माननीय निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

जिल्ला कफी व्यवसायी सङ्घ धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बोर्ड हिले धनकुटाका नि.कार्यालय प्रमुख वसन्त राजभण्डारी, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना, डिभिजन वन कार्यालय धनकुटा का नि. प्रमुख उत्सव थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कफी व्यवसायी सङ्घ धनकुटाका सचिव सूर्य आठपहरियाले गरेका थिए ।