श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल मङ्सिर ५ गते मङ्गलबार, २१ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको नवमी तिथि भोलि ०१ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र शतभिषा २०ः१९ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर, आकस्मिक समस्याले खर्च गराउला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरसापटमा पनि धन बाहिरिन सक्छ।मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरे पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जुट्नेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ।