धरान । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीले फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने फोहोर प्रशोधन केन्द्रको अवलोकन गरेका छन् ।

धरान–६ पानबारीमा निर्माण गरिएको प्रशोधन केन्द्रमा पुगेर विद्यार्थीले व्यावहारिक ज्ञान सिकेका हुन् । किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिकाउने उद्देश्यले प्रशोधन केन्द्रको भ्रमण गराइएको मावि को–अर्डिनेटर शम्भु रेग्मीले जानकारी दिए ।

स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले व्यावहारिक ज्ञान सिक्न विद्यार्थीहरू केन्द्रमा पुगेको बताए । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरिएको भेन्चर वेष्ट टु इनर्जीका  प्रविधि प्रमुख हरि उप्रेतीले विद्यार्थीलाई जानकारी दिएका थिए ।

भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको थियो । प्रशोधन केन्द्र धरान उपमहानगरपालिका र प्रा.लि.बीच धरानको फोहोरमैला व्यवस्थापनको लागि सम्झौता भएर सञ्चालनमा आएको हो ।

bishnuschool123