श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल असोज २६ गते शुक्रबार, १३ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको चतुर्दशी तिथि २२ः०६ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तरफाल्गुनी १४ः२३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः०२ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्नेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा अलमल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ।  तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला ।      
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अलि सङ्घर्षपूर्ण रहला । अरूका लागि बुद्धि खर्चनु पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ।