धरानमा ‘नेशनल र्यापिड फिडे रेटिङ चेस टुर्नामेण्ट’ प्रतियोगिता आयोजना हुने भएको छ ।  

 प्रतियोगिता स्वर्गीय धनबहादुर मादेन र नन्दीमाया मादेनको स्मृतिमा सुनसरी जिल्ला बुद्धिचाल सङ्घकाे  आयोजनामा असोज २७ र २८ गते सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा हुनेछ । 

प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा एघारौँ हुनेले समेत पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिताको अनरेटेडतर्फ प्रथम हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३ हजार ५ सय प्राप्त गर्नेछन् । 

अनुशासनमा प्रथम हुनेले २ हजार, कोशी प्रदेश प्रथम हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ प्रथम हुनेले ४ हजार, दोस्रोले ३ हजार प्राप्त गर्नेछन् । 

महिलातर्फ प्रथम हुनेले ४ हजार, दोस्रोले ३ हजार प्राप्त गर्नेछन् । यस्तै, सुनसरीमा प्रथम हुनेले ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले ३ हजार र चौथोले २ हजार ५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि राम मादेनले १ लाख १५ हजार रुपैयाँ र सुनसरी जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बलबहादुर तामाङले १ लाख १० हजार रुपैयाँ प्रायोजन गरेका छन् । प्रतियोगिता कुल ४ लाख लागतमा सम्पन्न हुने सङ्घका सदस्य कुमार धमलाले जानकारी दिए ।