धरान । धरान–९ स्थित विष्णु मेमोरियल मा.वि.मा कक्षा ११ र १२ तर्फ भएको हाजिरीजवाफ प्रतियोगितामा बिटा समूह च्याम्पियन भएको छ ।

प्रतियोगितामा बिटा समूहबाट कक्षा–१२ विज्ञान सङ्कायका प्रज्ञान दाहाल, कक्षा–११ म्यानेजमेण्ट सङ्कायकी प्रज्ञा दाहाल, कक्षा–११ विज्ञान सङ्कायकी तियाहाङ लिम्बू च्याम्पियन भए । यस्तै ठिटा समूहबाट कक्षा–१२ म्यानेजमेन्ट सङ्कायकी सन्ध्या दाहाल, कक्षा–११ विज्ञान सङ्कायका आलोक लिम्बू, सुप्रबलराज भट्टराई दोस्रो भएका छन् ।

गामा समूहबाट कक्षा–११ विज्ञान सङ्कायका पालक अग्रवाल, कक्षा–१२ म्यानेजमेण्ट सङ्कायकी रोजा बराल, कक्षा–१२ साइन्स सङ्कायकी मुनाल काफ्लेले तेस्रो भएका छन् । कक्षा १२ का संयोजक नवीन शाक्यका अनुसार हाजिरीजवाफ मास्टर हेमन्तमणि दाहालले प्रतियोगिताको सहजीकरण गरेका थिए ।

प्रिन्सिपल निलमकुमार श्रेष्ठले ‘गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको बताए । उनका अनुसार फुटबल, बास्केटबल, क्रिकेट, टेबलटेनिस, कराते, नृत्य, गायन, चित्रकलालगायतका विधामा कक्षा सञ्चालन गर्दै आएको छ ।