श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज २२ गते सोमबार, ९ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको दशमी तिथि १२ः५१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा भोलि ०५ः५६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः०० बजे र सूर्यास्त ०५ः४१ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ। ईष्र्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्लान्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काममा भने दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफू नजुट्दा काम बिग्रनेछ । अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि प्रारम्भ गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग र व्यापारबाट मनग्य फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । परिस्थितिको चक्रमा अलमलिनु पर्दा काममा समय लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कमजोर नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला। आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।