श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज २१ गते आइतबार, ८ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको नवमी तिथि १०ः२८ बजेसम्म उप्रान्त दशमी, नक्षत्र पुष्य भोलि ०२ः५६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि  कर्कट, सूर्याेदय ०५ः५९ बजे र सूर्यास्त ०५ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो समयमै कामको जग बसाउन सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारीसमेत बढ्नेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशिष्ट व्यक्तिको सहयोगले महŒवाकाङ्क्षी काम बन्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ ।