श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल असोज २० गते शनिबार, ७ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। आश्विन कृष्णपक्षको अष्टमी  तिथि ०८ः२५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुनर्वशु भोलि ००ः०९ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः५९ बजे र सूर्यास्त ०५ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ।  प्रतिस्पर्धीहरूले हार खानेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यापारबाट मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा प्राप्त होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभचिन्तकहरूको साथ–सहयोगले काम बन्नेछ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।

- ज्यो.पंः मोहन घिमिरे, मो.नंः ९८१०४२५२५१