श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १९ गते शुक्रबार, ६ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको सप्तमी तिथि ०६ः५२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र आद्र्रा २१ः४५ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः५८ बजे र सूर्यास्त ०५ः४५ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहान सामान्य काममा अलमल हुने सम्भावना छ। आफ्नै वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवादमा अघि नसर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। फलदायी यात्रा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने अवसर प्राप्त हुनेछ।बिहानको समय भेटघाटमा अलमल हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तका लागि केही समय दिनुपर्ने हुनसक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैलाई समस्या पर्न सक्छ। नियमित काम सम्पादन हुनेछन्।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यर्थैमा अलमल हुन सक्छ । अरूको विचारमा सहमत बन्न नसक्दा काम रोकिन सक्ला।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ।