श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १८ गते बिहीबार, ५ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको षष्ठी तिथि ०६ः०० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मृगशिरा १९ः५५ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः५८ बजे र सूर्यास्त ०५ः४६ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको बारेमा चासो राख्दा स्वयम् समस्यामा परिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टिप्पणी हुने समय भएकाले सजग रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्नाले पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ । भविष्यमा नाम र प्रतिष्ठा दिलाउने योग छ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रमको मूल्याङ्कन भए पनि हातपार्न केही समय लाग्नेछ। प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउला।