श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १७ गते बुधबार, ४ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको षष्ठी तिथि भोलि ०६ः०० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र रोहिणी १८ः४५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः५७ बजे र सूर्यास्त ०५ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले काम रोकिन सक्छ। छोटो दूरीको यात्रा होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिबन्दले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नु होला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। यात्रा र किनमेलको सोखले खर्चको मात्रा भने बढाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमको प्रतिफल कम देखिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ । सानातिना काममा अल्झनु पर्दा मुख्य काम रोकिन सक्छ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ।