श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १६ गते मङ्गलबार, ३ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको चतुर्थी तिथि ०६ः२० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र कृतिका १८ः२१ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः५७ बजे र सूर्यास्त ०५ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटकाबीच स्वादिष्ट भोजन प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। केही वस्तु त्याग्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ला । यात्राको प्रक्रिया अघि बढ्नेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
क्रियाकलापमा बाधा पुग्ने देखिन्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा जग बसाउने मौका प्राप्त हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक काममा जुट्ने समय छ । भौतिक साधनहरू प्राप्त हुनेछन् । व्यवसायबाट विशेष फाइदा होला।