श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल असोज १५ गते सोमबार, २ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। असोज कृष्णपक्षको तृतीया  तिथि ०७ः५७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र भरणी १८ः४२ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः५६ बजे र सूर्यास्त ०५ः४९ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मनग्य धनलाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सफल भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विशेष उपहार हातलागी होला । कामकाजमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पु¥याउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरानो गतिले काम बिग्रन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायबाट फाइदा नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखद् समाचारले उत्साह जगाउनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।