Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • नौ महिनामा भित्रिए आठ लाख पर्यटक

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

alt
  • असोज १४, २०८०
  • ब्लाष्ट खबर

काठमाडौँ /अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन्

पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।

नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो । पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बङ्गलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन् । यस्तै अष्टे«लियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन् ।

यो पनि - एमाले कोशी अधिवेशनः मतदानको तयारी, ३५ स्थानबाट मत हाल्ने व्यवस्था यो पनि - फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी यो पनि - पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते यो पनि - नेप्से परिसूचकमा ३३ दशमलव २० अङ्कको गिरावट यो पनि - विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत यो पनि - अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटरफाइनलमा यो पनि - जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’ यो पनि - पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन यो पनि - नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु यो पनि - साउनयता तीन सय ४७ फर्मलाई कारबाही
सम्बन्धित समाचार
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल

भद्रपुर । सरकारले दुई दशक अघिबाट सुरु गरेको ‘हात्तीपाइले’ रोग निवारण अभियान ...

धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्वर्गीय कृष्णकुमार राई ध ...

झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती

भद्रपुर । झापाको एउटै निर्वाचन क्षेत्रमा यसपटक चुनावी राजनीति असाध्यै रोचक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल
धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना
झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती
सशस्त्र प्रहरीको गम्भीर कमजोरी–इन्सेक प्रतिवेदन
पूर्वमा बालेन क्रेज
आजको राशिफलः २०८२ साल माघ ११ गते आइतबार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
आजको राशिफलः २०८२ साल माघ ९ गते शुक्रबार
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved