श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल असोज १४ गते आइतबार, १ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। आश्विन कृष्ण पक्षको द्वितीया  तिथि  १०ः०२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्विनी  १९ः४५ बजेसम्म, उप्रान्त  भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः५६ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट भने टाढिनुपर्ने हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयआर्जनका स्रोत बढ्नेछन् । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गरे छोटो समयमै काम सफल हुनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ । आफ्नै कमजोरीले कामकाजमा अवरोध होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् ।