श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १२ गते शुक्रबार, २९ सितम्वर २०२३, पिंगल संवत्सर, भदौ शुक्लपक्षको पुर्णिमा तिथि १५ः४६ बजेसम्म उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्र २३ः३५ बजेसम्म रेवती, चन्द्रराशि– मिन, सुर्योदय ०५ः५५ बजे र सुर्यास्त ०५ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठूलो प्रयत्न गर्दा  उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनबाट टाढिनुपर्ला । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काम बन्नुका साथै मनोरञ्जनपूर्ण रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । सहयोगीहरूले राम्रो साथ काम सम्पादन हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।