श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज ११ गते बिहीबार, २८ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको चतुर्दशी तिथि १९ः०७ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वभाद्र भोलि ०२ः०४ बजेसम्म, उप्रान्त  उत्तरभाद्र, चन्द्रमा राशि  कुम्भ, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त होला।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यवसायमा विशेष फाइदा हुनेछ। मिहिनेत गरे थालेका कामकाज राम्रैसँग सफल हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग जुट्न सक्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा फाइदा हुनेछ।नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएको कामले निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । राम्रै काम गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम बिग्रने भयले सताउनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला।