श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १० गते बुधबार, २७ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भाद्र शुक्लपक्षको त्रयोदशी तिथि २२ः३६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र धनिष्ठा ०७ः२५ बजेसम्म,  उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा समय खर्चनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतका समस्या बल्झिन सक्छन् । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यवसायमा विशेष फाइदा हुनेछ। मिहिनेत गरे थालेका कामकाज राम्रैसँग सफल हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रजन नजिकिनाले प्रसन्नता छाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नयाँ काम थालनी गर्न सकिनेछ । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला । आफन्तले सहयोग गर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ । यात्रा र किनमेलमा खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन जुट्नुपर्ने समय छ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ।वैदेशिक यात्राको कार्य पनि अघि बढ्नेछ ।