धरानस्थित विजयपुर एफएमले १५ औं वार्षिकोत्सवमा कविता कन्सर्ट गर्ने भएको छ । 

आगामी असोज १२ गते धरान भानुचोस्थित वराह फेमिली किचनमा साँझ ६ बजेदेखि कविता कन्सर्ट हुने बताइएको छ  । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा कविता कन्सर्टमा दर्जन बढी कवि संगीतसँगै कविता प्रस्तुत गर्ने जानकारी गराइएको छ । 

कन्सर्टमा पोइट आइडलका फाइनलिस्ट कवि पल्लविव, मुनु अधिकारीसँगै वरिष्ठ कवि वम देवान, कुन्ता शर्मा, सुदीप पाख्रिनलगायत दर्जन कवि मञ्चमा देखिने छन् । कविले प्रत्यक्ष संगीतमय कविता वाचन गर्ने छन् भने विगत ४ दिनदेखि कन्सर्टका लागि तयारी भइरहेको विजयपुर एफएमकी प्रबन्ध निर्देशक हिमाल राईले जानकारी दिइन् । 

kabita concert vijayapur fm (1)

वाद्यवानसँगै प्रस्तुत हुने कवितामा ओवेद सुनारले बाँसुरी, वेन्जामिन थापाले पियानो र सुरज विश्वकर्माले गितारमार्फत् प्रस्तुति दिने छन् । कविता कन्सर्टमा १५ कविता प्रस्तुत हुने कार्यक्रम संयोजक प्रमोद पोर्तेलले जानकारी दिए । 

कन्सर्टमा टिकटका लागि १ हजार रुपैयाँ तोकिएको छ । टिकटमै कवि इन्दुनेपाल योञ्जनको कविता संग्रह अन्तिम सेलो र खानाको व्यवस्था गरिने आयोजकको भनाइ छ । २ सय बढी प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको कन्सर्टलाई विजयपुर एफएमले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिइएको छ ।