श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज  ७ गते आइतबार, २४ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भाद्र शुक्लपक्षको नवमी तिथि १०ः४३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वषाढा १३ः५९ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः५२ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आशा नगरेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष योजनाहरू बन्नेछन्। व्यवसायबाट लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्नो फाइदा अरूले उठाउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला।दिन लाभदायक रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
किनमेलमा केही खर्च हुनेछ। मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ।