काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाएको छ ।

सन् २००५ मा एनसेलले मेरो मोबाइल नामबाट सेवा सुरु गरेको थियो । त्यसयता एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अङ्ग बन्न पाएकोमा हामी गर्व गर्छौं । अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौँ ।’

एनसेलले ‘हामी तपाईंकै लागि’ थिमको घोषणा गरेको छ । यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरूलाई अगाडि बढाउन र नेपालमा सामुदायस्तरमा सार्थक प्रभाव पार्न शृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरूको घोषणा गरेको छ ।

एनसेलले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई आकर्षक अफर पनि ल्याएको छ । ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । वार्षिकोत्सवको उपलक्ष्यमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ ।