धरानको छाताचोकस्थित पुरानो अस्पताल जलाम्मे भएको छ । आज साँझ परेको पानी अस्पताल भित्र पस्दा अस्पताल जलमग्न भएको छ । 

पुरानो भवन र भित्ता र छतबाट पनि पानी रसाउने भएपछि अस्पताल सेवा नै प्रभावित हुने गरी पानी पसेको छ । अस्पताल भवन होचो ठाउँमा रहेका कारण चउरबाट आएको पानी अस्पतालको कोठाभित्र पसेको हो । 

अस्पताल सुरु भएको १० वर्ष भएको छ । प्रत्येक बर्खामा दोहोरिरहने पुरानो अस्पतालको पुरानै रोग हो । ‘भवन होचो ठाउँमा छ, चउरीको पानी पसेपछि ढुबान भएको छ’, स्वास्थ्य चौकी प्रमुख चन्द्रप्रसाद खनालले भने, ‘भित्ता र छतबाट पानि पानी रसाउँछ, यो चाहिं चउरीको पानी पसेको हो ।’ 

blastkhabar.com (2)

हाल धरानमा महामारीका रुपमा फैलिएको डेंगी रोगको उपचारका लागि अस्पताल सञ्चालित छ । अस्पतालमा १० बेड छन् । डेंगी उपचारसँगै अस्पतालले नर्मल डेलिभरी, गर्भवती जाँच, सुरक्षित गर्भपतन सेवा, अस्थायी परिवार नियोजनको सेवालगायत ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।