काठमाडौ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंगलबार नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । 

हिमालय एयरलाइन्सबाट दुवाईदेखि नेपाल आएका  उक्त  व्यक्तिको साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिएका छन् । 

पक्राउ परेका व्यक्तिको बारे  थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।