श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २३ गते शनिबार, ९ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको दशमी तिथि १९ः३४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र आद्र्रा १४ः४० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । अध्ययनमा पछि परिनेछ।