श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २२ गते शुक्रबार, ८ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको नवमी तिथि १७ः४७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मृगशिरा १२ः२३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः१७ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूका काममा समय बित्न सक्छ । काम दोहोर्याउनु पर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । लक्ष्य पूरा नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भेटघाटको व्यस्तताले चिताएका काममा बाधा पुग्न सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमै काममा जुट्न नसकिएला । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।    
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा नहोला ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । धेरै समय अरूका लागि जुट्नु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला । पुरानो रोग बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ ।