धरानस्थित केके इन्टरनेशनल स्कुलका सञ्चालक समितिका अध्यक्ष प्रवीण अग्रवालविरुद्ध बालयौन दूरुपयोगमा मुद्दा दर्ता भएको छ । 

इलाका प्रहरी कार्यालय धरान डीएसपी नवराज मल्लका अनुसार बालयौन दूरुपयोगमा मुद्दा दर्ता भएको छ ।

डिएसपी मल्लले भने, ‘म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ ।’ मङ्गलबार स्कुलका अध्यक्ष अग्रवालले एक १२ वर्षीय बालकमाथि यौन दुव्र्यवहार गरेको भन्दै पीडितले उजुरी दिएका थिए । 

उजुरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो । 

मुलुकी फौजदारी संहिता २०७४ को दफा २२५ मा बालयौन दुरुपयोग गर्न नहुने व्यवस्था छ ।

दफा २२५ को २ मा कसैले करणीको आशयले बालबालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्भाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ । उपदफा ३ (१) मा बमोजिम कसुरु गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।