श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ १९ गते मङ्गलबार, ५ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भदौ कृष्णपक्षको षष्ठी तिथि १६ः०५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र भरणी ०९ः१७ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही वस्तु त्याग्नुपर्ने हुनसक्छ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै कामको जग बसाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएको काम बन्नेछ र जिम्मेवारीसमेत बढ्नेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । समाजमा तारिफयोग्य काम गर्दै नाम कमाउने समय छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।